सिटीवान टेलिभिजनको अध्यक्षमा पुन: पवन प्रजापति

पाेखरा | पुस ७, २०८१

सिटीवान टेलिभिजनको अध्यक्षमा पुन: पवन प्रजापति

पोखरा:     पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । 


उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् ।  सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् । 


नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो ।


यस अगाडि अधिवेशनको उद्‌घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापना कालिन लक्ष्य अनुसारै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे । 


अध्यक्ष प्रजापतिले अबको कार्यसमितिले बजारको अवस्थालाई ध्यान दिदैँ टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे । 


कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन् । 


उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्य अनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदैँ यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन् । 


पोखराको दि होटल कान्तिपुरमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो । 


कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रकृया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन् । 


स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशलाई आधार मान्दै सञ्चालित छ । २०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्